free website hit counter

जेठसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे ४४ अर्बभन्दा बढी बीमा शुल्क

beemaadmin
२०८३ असार २७, शनिबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। यस अवधिमा कम्पनीहरूले २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरेका छन्।

संकलित बीमा शुल्कका आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले जेठ मसान्तसम्म ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँसहित दोस्रो तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै तेस्रो स्थानमा रहेका छन्।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड २१ लाख, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड १५ लाख र नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड २१ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख तथा सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

सूचीको पछिल्लो भागमा नेपाल इन्स्योरेन्सले १ अर्ब ९७ करोड ७५ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख तथा नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

सम्बन्धित समाचार