free website hit counter

जेठ ६ मा प्रभु इन्स्योरेन्सको साधारणसभा, यी हुन् एजेन्डा

beemaadmin
२०७८ बैशाख १७, शुक्रबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितको बुधबार बसेको बैठकले जेठ ६ गते बिहान ११ बजे २५ औं बार्षिक साधारण सभा बोलाएको हो । साधारण सभामा शेयरधनीहरुले भच्र्युअल माध्यमबाट पनि साहभागि हुन सक्नेछन् । सभाले १० प्रतिशत अर्थात १० करोड ६५ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्नेछ । यस्तै कम्पनीको प्रबन्धक पत्रमा सामुहिक लगानी कोष योजना गर्ने गराउने उदेश्य पनि थप गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले बैशाख २६ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख २३ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार