free website hit counter

ज्यादती बन्द नगरिए जाँचपास बन्द गर्ने चेतावनी

beemaadmin
२०७७ बैशाख २७, शनिबार

काठमाडौं । राष्ट्रिय बजेटको प्रमुख आम्दानी स्रोत मध्ये भन्सार असुलीले पहिलो स्थान ओगट्न सफल हुँदै आएको छ । अन्तर्राष्ट्रिय वाणिज्यका आयात÷निर्यात सहजीकरण सल्गंन भन्सार एजेन्टको सक्रियताले राज्यको आम्दानी वृद्धिमा सहयोगी हुने गर्दछ । तर पछिल्लो पटक प्रहरीद्धारा भन्सार एजेन्ट माथि ज्यादती बढेको भन्दै भन्सार एजेन्ट महासङ्घले गम्भीर आपत्ति जनाएको छ । भन्सार जांचपासका सहयोगी कर्मचारीलाई हुन्डी कारोबारीको संज्ञा दिई पक्राउ गरेपछि महासङ्घले प्रेस विज्ञप्ति जारी गरेको हो ।
राजस्व सकंलनमा सहयोग पु¥याउंदै आएको बिरगंञ्ज स्थित भन्सार एजेन्टका कर्मचारी लालबाबु यादवलाई निजको निवास भन्सार एरियाबाट पर्सा प्रहरीले पक्राउ गरेपछि गैर जिम्मेवारीको संज्ञा दिई महासङ्घले आक्रोश व्यक्त गरेको छ । उनलाई प्रशासनबाट हुन्डी कारोबारीको आरोप लगाई मुद्दा चलाइएको महासङ्घको दाबी छ । प्रशासनबाट यस प्रकारका क्रियाकलाप नरोकिए जांचपास बन्द गरिने चेतावनी दिँदै तीव्र विरोध गरेको छ ।
विश्वलाई त्रस्त बनाइ रहेको कोरोना भाइरस सक्रमंणबाट बच्न पुरै विश्व एकियवद्ध भई लडिरहेका छन् । नेपालमा समेत सक्रंमितको सख्ंया ह्वात्तै बढेको छ । तर भन्सार एजेन्टहरू ज्यानको जोखिम मोलेर वाणिज्य सरलीकरण हुन सेवा उपल्वध गराएका छन् । प्रहरीले तथ्य बुझेर मात्र कानुनी उपचार गर्नुपर्ने र यस किसिमका घटना पुन्हः नदोहोरिन आग्रह सहित महासङ्घका अध्यक्ष डा। शान्त कुमार शर्माको संयोजकत्वमा गृह सचिव महेश्वर न्यौपानेलाई समेत भेटी जानकारी गराइएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटमा पक्राउ गरिएका भन्सार एजेन्ट कर्मचारी यादवको शीघ्र रिहाइको माग गरिएको थियो । त्यस अवसरमा महासङ्घको तर्फबाट कोरोना सक्रंमण तथा नियन्त्रण कोषमा रु. पांचलाख सहयोगको चेक पनि हस्तान्तरण गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार