free website hit counter

ज्योति लाइफको बीमा शुल्क ९२ प्रतिशतले बढ्दा नाफा ५६ प्रतिशतले बढ्यो

beemaadmin
२०७७ माघ १७, शनिबार

काठमाडौं। असहज अवस्थाका बीचमा पनि चालु आर्थिक वर्षको ६ महिनामा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो।

गत वर्षको यहि अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो। बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ७५ करोड १३ लाख रुपैयाँ थियो।

Advertisement
Advertisement

कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदान गर्नुका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्षको भन्दा ९३ प्रतिशतले बढेको हो।

Advertisement
Advertisement

नाफामा सुधार सँगै कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ। कम्पनीले यस वर्ष पोलिसी संख्या ७६ प्रतिशतले बढाएको छ। कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ।

यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको यहि अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो। यस वर्ष दाबी भुक्तानी ८ गुणाले बढेको छ। नाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार