free website hit counter

ज्योति लाइफले पायो आइपिओ निष्काशनको अनुमति

beemaadmin
२०७७ फाल्गुन ९, आईतवार

काठमाडौं। शेयर बजारमा आम सर्वसाधारणको आकर्षण बढिरहेको बेला एक पछि अर्को आइपीओ निष्काशन जारी रहेको छ । यही बेला फेरि ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिए सँगै फागुन २५ वरपर आइपीओ जारी गर्ने तयारी भइरहेको छ । हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ।

Advertisement
Advertisement

प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ। बीमा समितिले जीवन बीमा व्यवसाय सञ्चालका लागि अनुमति दिएका १० जीवन बीमा कम्पनीहरु मध्ये ज्योति सहित तीन वटाले बोर्डबाट अनुमति पाएका छन्। यस अगाडि अनुमति पाएका रिलायन्स र प्रभु लाइफले सर्वसाधारणका लागि शेयर जारी गरिसकेका छन्।

Advertisement
Advertisement

दुबै को शेयर दोस्रो बजारमा सूचिकृत भएर कारोबार भैरहेको छ। बाँकी ७ वटा बीमा कम्पनीहरु पनि प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा छन्। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ।

सम्बन्धित समाचार