free website hit counter

टिप्परविरुद्ध स्थानीय उत्रेपछि अनिश्चितकालीन कर्फ्यु

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काभ्रेपलाञ्चोक । टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएपछि काभ्रेपलाञ्चोकको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।
पनौती नगरपालिका ५ मानेश्वरीमा प्रहरी र स्थानीयबिच झडप भएको थियो । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाएको हो । बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो । त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार