free website hit counter

टोकियोको नेपाली रेस्टुरेन्टमा २ व्यक्ति मृत भेटिए

beemaadmin
२०७६ माघ १७, शुक्रबार

टोकियो । टोकियोको ओता वार्डको नाखारोकुगोस्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २ जना भारतिय जस्ता देखिने नागरिक व्यक्ति मृत फेला परेका छन् ।
अन्दाजी ४० वर्षका जस्ता देखिने उनीहरु रेस्टुरेन्टभित्र मृत भेटिएका हुन् । पसल नजिकैको स्थानिय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंका सहित प्रहरीलाई खबर गरेपछि, प्रहरी घटना स्थालमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृतअवस्थामा रहेका थिए ।
प्रहरीका अनुसार, कोठामा कार्बनमोनो अक्साईडको मात्र अधिक रहेको थियो । नान बनाउने चुल्होमा पनि आगो बलिरहेको थियो । यी सबै दृश्यहरुको प्रारम्भिक अनुसन्धान अनुसार, उनिहरु निस्सासिएर मरेको हुनसक्ने आशंक्का गरिएकोछ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार