free website hit counter

टोयोटा डिलर्स भेला सम्पन्न

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ ।  टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटद्वारा आयोजित डिलर भेला पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको हो । उक्त बैठकमा युटीएसकी प्रबन्ध निर्देशक रीतु वैद्यलगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य युटीएसले वर्षौदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । ग्राहकमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

नेपालभर फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार