free website hit counter

ट्रम्पले भने, चीनबाट कोरोना फैलिएको मैले देखेको छु

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

एजेन्सी । अहिले विश्व कोरोनाको आतंकबीच गुज्रिरहेको छ । वैज्ञानिकहरु दिनरात कोरोनाविरुद्धको औषधि पत्ता लगाउने अभियानमा छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । उनले प्रमाणमात्रै होइन आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरेका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका बेला यस्तो ठोकूवा गरेका हुन् ।
बिहीबार रातिको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्‍यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताएका छन् । यसैगरी ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी समेत गरे ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार