free website hit counter

ट्रम्प सहभागी कार्यक्रममा गोली हान्ने व्यक्ति को हुन् ?

beemaadmin
२०८३ बैशाख १३, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा भएको गोली प्रकरणमा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई अमेरिकी सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। घटना ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा भएको हो, जसले केही समयका लागि कार्यक्रमस्थलमा त्रासपूर्ण अवस्था सिर्जना गरेको थियो । प्रारम्भिक विवरणअनुसार, सुरक्षा निकायले घटनामा संलग्न शंकास्पद व्यक्तिको तस्बिर तथा घटनास्थलको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका भिडियोमा गोली चलेको प्रारम्भिक क्षणसमेत देखिने बताइएको छ । उनी कोल टोमस एलेन रहेका छन् । कोल क्यालिफोर्नियाका ३१ वर्षीय व्यक्ति रहेको यस मामिलासँग परिचित दुई स्रोतले सीएनएनलाई बताएको सीएनएनले लेखेको छ। राष्ट्रपति ट्रम्पका अनुसार घटनाको क्रममा युएस सेक्रेट सर्भिसका एक अधिकारीमाथि नजिकबाट गोली प्रहार गरिएको थियो । ती अधिकारीले लगाएको बुलेटप्रुफ ज्याकेटका कारण ज्यान जोगिएको उनले जानकारी दिएका छन् । घटनापछि ट्रम्पले एफबीआईका निर्देशक र गृहमन्त्रीसँग संयुक्त रूपमा सम्बोधन गर्दै सुरक्षा निकायको तत्परताको प्रशंसा गरेका छन् । उनले यस्तो संवेदनशील अवस्थामा सुरक्षा संयन्त्रबीच समन्वय र ऐक्यबद्धता अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । ट्रम्पका अनुसार संदिग्ध व्यक्ति हतियारसहित सुरक्षा जाँच बिन्दुतर्फ अघि बढिरहेको अवस्थामा नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । मुख्य कार्यक्रमस्थलसम्म पुग्न नपाएकाले सम्भावित ठूलो क्षति टरेको जनाइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार