free website hit counter

ठमेलको नाइट क्लबमा फुटबल खेलाडीको मस्ती

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । राष्ट्रिय फुटबल टिमका हस्तीहरु विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए । यो सूचना पाएपछि एन्फाले चारैजना खेलाडीलाई कारबाही गरेको हो ।
अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने बताइएको छ । ठमेलको नाइट क्लबमा मातिएको अवस्थामा उनीहरुलाई भेटिएको बताइएको छ । नेपाली टिम शनिबार कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो । नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ । तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् । चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार