free website hit counter

डा. केसीको अवकाशसँगै बढ्यो एमबीबीएस अध्ययनको शुल्क

beemaadmin
२०७६ कार्तिक २, शनिबार

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध निरन्तर अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उमेरहदका कारण अवकाश पाएको एक हप्ता बित्न नपाउँदै चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनको शूल्क बढाउने घोषणा गरेको छ । नयाँ शुल्कअनुसार अब काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको छ ।

यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फिति ४।५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शूल्क निर्धारण गरिएको आयोगले बताएको छ ।
यस्तै बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि १९ लाख ३२ हजार ६१२ रुपैयाँ थियो । यो शुल्कको पहिलो एक तिहाई रकम पहिलो वर्ष र बाँकी बार्षिक रुपमा किस्ताबन्दीमा लिइनेछ । आयोगले एमबीबीएस अध्ययन शुल्कको एक तिहाई उपत्यकाभित्र १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ विश्वविद्यालयमा जम्मा गरी सबन्धित कलेजमा पठाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार