free website hit counter

डा गोविन्द केसीको चेतावनी

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौँ । अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन्। शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन्। यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि उनले बताए। डा केसीले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई ‘अल्टिमेटम’ दिँदै तीन साता भित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे। उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी डा केसीले दिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार