काठमाडौं । डा गोविन्द केसीको पित्तथैलीको अप्रेसन गरिएको छ। मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अप्रेसन गरिएको निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी शिक्षण अस्पताल भर्ना भएका थिए। अप्रेसनपछि उनको स्वास्थय अवस्था सामान्य रहेको छ।