काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशैंतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सन हट डिल” योजनाअन्तर्गत विजेताहरु सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल” लक्की ड्रका लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली विजेताहरु १३ फागुनमा पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको छ ।
लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०–१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् । सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८लीटर र १.० लीटर तथा गो प्लसका आधिकारिक बिक्रेता रहेको छ ।