free website hit counter

तिथिको घटबढले कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन

beemaadmin
२०८३ कार्तिक २३, आईतवार

काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान अरुणोदयकालमा नरक स्नान गरी कुकुर तिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदै छ।

परम्परादेखि नै कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा पूजा गर्ने चलन छ। आधुनिक समयमा पनि कुकुरलाई सुरक्षा तथा अपराध अनुसन्धानलगायतका काममा प्रयोग गरिँदै आएको छ।

Advertisement
Advertisement

कुकुर तिहारका दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउने परम्परा पनि छ। यसरी बत्ती बगाउँदा नरकको यातना भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ।

Advertisement
Advertisement

यस वर्ष गाईपूजा भने भोलि परेको छ। त्यस्तै, गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार मनाइनेछ।

शास्त्रीय मान्यताअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गरिन्छ। प्रतिपदाकै दिन सूर्योदय भएका आधारमा नयाँ वर्ष मनाउने परम्पराअनुसार नेपाल संवत् ११४४ पनि यही दिनदेखि सुरु हुने जनाइएको छ।

सम्बन्धित समाचार