free website hit counter

तीन सय बढी नेपाली आज आउँदैछन्

beemaadmin
२०७७ असार ४, बिहीबार

काठमाण्डौ । विदेशमा अप्ठ्यारो परिस्थितिमा रहेका नेपालीलाई उनीहरुकै महंगो खर्चमा उद्दार गरिरहेको सरकारले आज ३ सउ भन्दा बढी नेपालीलाई नेपाल ल्याउँदैछ । श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आउन लागेका हुन् ।
कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली लागेका हुन् । कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्। सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार १४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार