free website hit counter

तेस्रो नम्बरका नेपाल यसरी बने सचिव

beemaadmin
२०७७ जेष्ठ २४, शनिबार

काठमाडौं । सरकारले प्रशासन क्षेत्रको सरुवा बढुवामा हस्तक्षेपकारी नीति नलिने बताए पनि पछिल्लो समय मुलुकको प्रशासनिक क्षेत्रमा राजनीति हावि हुन पुगेको छ । नियम र कानुनले स्वतः बढुवा हुनुपर्ने र प्रावधानलाई मिचेर आफू अनुकुलका कर्मचारीलाई बढुवा दिइँदा कर्मचारी संयन्त्रको मनोबल कसरी बढ्ला ? यसको ज्वलन्त उदाहरण हो गत बिहीबार भएको सचिव बढुवाको निर्णय । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वरिष्ठ सहसचिव गोकर्णमणि दवाडीलाई सचिवमा स्वतः बढुवा गर्नुपर्नेमा उनीभन्दा कनिष्ठ सहसचिव विष्णु नेपाललाई बढुवा गरेको छ । सचिव बढुवाका लागि बढुवा सिफारिश समितिले गोकर्णमणि दवाडीसँगै तीन जनाको नाम सिफारिश गरेको थियो । एक पदका लागि तीन जनाको नाम सिफारिश गरिएको थियो ।

सिफारिशमा दवाडी १ नम्बरमा थिए भने दोस्रो नम्बरमा मानबहादुर बिके थिए, तेस्रो नम्बरमा विष्णु नेपालको नाम राखिएको थियो । वैशाख १८ गते नै बढुवा सिफारिश समितिले सचिव बढुवाका लागि दवाडीसहित ३ जनाको नाम मन्त्रिपरिषद्मा पेश गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय लिन सकेको थिएन । अहिले तेस्रो नम्बरबाट तानेर बढुवा गरिएका नेपाललाई जसरी भए पनि सचिव बनाउनै पर्ने दबावका कारण मन्त्रिपरिषद्ले निर्णय लिन ढिलाई भएको हो । नेपाललाई नेकपा महासचिव विष्णु पौडेल र अर्थमन्त्री डा. युवराज खतिवडाको गतिलो साथ दबाव रहेका कारण मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर निर्णय लिन सकेको थिएन । दवाडीलाई वरिष्ठताका आधारमा सचिव बढुवा गर्नुपर्ने मन्त्रिपरिषद्ले नेपाललाई बढुवा गरेपछि मुलुकको प्रशासनिक क्षेत्र आक्रोशित बन्न पुगेको छ ।

स्थायी सरकार मानिने प्रशासनिक क्षेत्रमा भएको यस्तो नांगो हस्तक्षेपले कसरी कर्मचारीको मनोबल उकास्ला ? सर्वत्र प्रश्न खडा भएको छ । यो निर्णयसँगै अब सचिव बढुवाका लागि प्रतिक्षारक्ष अन्य उम्मेदवारहरुले पनि पार्टी कार्यालय र नेताको दैलो चाहार्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले तीनवटा सचिव पद रिक्त रहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सचिव रिक्त भएको करिब दुई महिना पुग्न लाग्यो भने श्रम तथा रोजगार र शिक्षा मन्त्रालयमा सचिव रिक्त भएको एक महिना नाघिसकेको छ । तर सरकारले वरिष्ठता मिच्नै आफ्ना मान्छेको बढुवा गरे पनि अझै दुई पद रिक्त छ । उता सचिव बढुवामा सिफारिश भएसँगै दवाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार