काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । वैशाख १० गते शुक्रबारदेखि ओरालो लागेको सुनको भाउ आइतबार र सोमबार स्थिर रहेपनि त्यसयता झिनो अंकले घटिरहेको छ ।