free website hit counter

त्रैमासिक नाफामा एनसीसी अगाडि

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौंं । आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासमा बैंकहरुले धेरै मुनाफा कमाएका छन् । नेपालमा भएका २८ वटा वाणिज्य बैंकमध्य सबैभन्दा बढी एनसीसी बैंकले ११ अर्ब १६ करोड ४० लाख ३० हजार नाफा गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ४९ करोड, नेपाल बैंकले करिब २ अर्ब २४ करोड, सानिमा बैंकले करिब एक अर्ब ५७ करोड, प्रभु बैंकले करिब एक अर्ब ४५ करोड र माछापुच्छ्रे बैंकले करिब एक अर्ब २४ करोडको नाफा गरेका छन् ।

त्यसैगरी, एभरेष्ट बैंकले करिब २ अर्ब २१ करोड, सिटिजन बैंकले करिब १ अर्ब ६ करोड, नेपाल एसबिआई बैंकले करिब १ अर्ब ६० करोड, सिद्धार्थ बैंकले करिब १ अर्ब ५९ करोड, सनराईज बैंकले करिब १ अर्ब २२ करोड रहेको छ । यसैगरी ग्लोबल आईएमई बैंकले करिब १ अर्ब ८७ करोड, कुमारी बैंकले करिब १ अर्ब, एनएमबी बैंकले करिब १ अर्ब ६५ करोड, स्टान्र्डड चार्टड बैंकले १ अर्ब ७३ अर्ब, नबिल बैंकले करिब ३ अर्ब १९ करोड, नेपाल बंगलादेश बैंकले करिब १ अर्ब १४ करोड, बैंक अफ काठमाडौंले करिब १ अर्ब २० करोड, लक्ष्मी बैंकले करिब १ अर्ब २ करोड, मेगा बैंकले करिब १ अर्ब २१ करोड, कृषि विकास बैंकले करिब २ अर्ब २१ करोड छ ।

प्राईम कर्मसियल बैंकले करिब १ अर्ब ५४ करोड, हिमालयन बैंकले करिब २ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले करिब २ अर्ब ५६ करोड, सेञ्चुरी बैंकले करिब ६१ करोड, एनआईसी एशिया बैंकले करिब २ अर्ब २७ करोड, सिभिल बैंकले करिब ४९ करोड र जनता बैंकले करिब १ अर्ब २ करोड नाफा कमाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार