free website hit counter

थोरै सुनमा धेरै ऋण लिने तीनजना समातिए

beemaadmin
२०७७ पुष २, बिहीबार

काठमाडौं । महालक्ष्मी विकास बैंक सातदोबाटोमा थोरै सुन धितोमा राखी धेरै ऋण प्रवाह भएको उजुरीपछि प्रहरी कारवाही शुरु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा परेको उजुरीका आधारमा बिहीबार तीन आरोपी नियन्त्रणमा लिइएको सिआइबी स्रोतले जनायो । ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीको टोलीले ती व्यक्ति पक्राउ गरेको हो ।

अनुसन्धान जारी रहेको र अन्य अभियुक्त पक्राउ पर्न बाँकी भएका कारण सिआइबीले यसबारे समाचार सार्वजनिक गरेको छैन । ब्युरोका प्रवक्ता एसपी बेलप्रसाद पाण्डेले बैंकका कर्मचारीको समेत मिलेमतो भएको हुनसक्ने बताएका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार