free website hit counter

दक्षिण कोरियामा पनि फैलियो कोरोना, सतर्क रहन निर्देशन

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

सउल । नेपालीहरुको बाक्लो उपस्थिति रहेको दक्षिण कोरियालाई पनि कोरोना संक्रमणले सताएको छ । संक्रमणका कारण चीनले टाउको उठाउन नसकिरहेको बेला दक्षिण कोरियाले कोभिड–१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। कोभिड–१९ दुई जना सैनिक पनि देखिएको छ। कोरियामा ६ लाख सैनिक छन्। उनीहरूमा संक्रमण देखिएपछि कुनै पनि सैनिकलाई विदामा घर जान र बाहिर निस्कन रोक लगाइएको छ।

शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड– १९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड–१९ देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ। अवस्था निकै जटिल छ म सबैलाई सकेसम्म छिटो स्वास्थ्य जाँच गर्न र लक्षणहरू देखिए क्वारेन्टाइनका मापदण्ड अपनाउन आग्रह गर्छु, इनले भने। प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए। अब हामी आपतकालीन चरणमा आइपुगेका छौं, हाम्रा सबै प्रयास यसलाई फैलिन नदिनेमा हुनेछन्, उनले भने।

कोरियामा यसअघि देखिएका संक्रमितहरूको चीनसँग कुनै सम्पर्क देखिन्थ्यो। यसपालि भने सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ। थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोभिड–१९ देखिएको छ। कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोभिड(१९ देखिएको छ। कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्। उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन।

थेगु नगरपालिकाका अधिकारीहरूले उक्त चर्चमा प्रार्थना गर्ने दिन १ हजार हाराहारीमा मानिसहरू आउने गरेको बताएका छन्। झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड–१९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन्। सबैलाई चर्चमा नजान भनिएको छ भने भेला हुन र्‍याली गर्न पनि प्रतिबन्ध लगाइएको छ। सिन्चेन्जी चर्चको थेगु शाखा बुधबारदेखि बन्द गरिएको छ। उक्त चर्चका अन्य शाखा रहेका प्रान्तका सरकारले पनि प्रार्थना गर्न जानेहरूको पनि स्वास्थ्य परीक्षण गर्ने बताएका छन्।
राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएका छन्। प्रोटेक्टिभ मास्क लगाएका कर्मचारीहरूले सबवे स्टेशनमा औषधी छर्किरहेका छन्। (एजेन्सी)

सम्बन्धित समाचार