free website hit counter

दक्षिण कोरियामा ५४०० युवाले पाउनेछन् अवसर

beemaadmin
२०७७ चैत्र ३०, सोमबार

काठमाण्डौ । नेपाली श्रमिक युवाहरुको रोजाईको आकर्षक रोजगार गन्तव्य मानिएको दक्षिण कोरियाको मानव संशाधन विभागले सन् २०२१ मा नेपालका लागि ५ हजार ४०० जनाको कोटा निर्धारण गरेको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले दक्षिण कोरियाको मानव संशाधन विभागले निर्धारण गरेको संख्या भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरिएको जनाएको छ। दक्षिण कोरियाले सन् २०२१ का लागि विभिन्न १६ देशबाट ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ। जसमा नेपाललाई यति कोटा निर्धारण गरिएको हो।
ईपीएस शाखाका दक्षिण कोरियाले संख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। गत जनवरी भने दक्षिण कोरियाको मानव संशाधन विभागले सूचना निकालेर पहिलो ६ महिनामा उत्पादनतर्फ १ हजार नेपाली श्रमिक लैजाने भनेको थियो। तर ४ महिना सकिन लाग्दासमेत त्यताबाट कुनै प्रक्रिया अगाडि नबढेको शाखाले जनाएको छ। सन् २००८ देखि नेपालबाट कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार