free website hit counter

दशैंपछि माछापुच्छ्रेको साधारणसभा

beemaadmin
२०७६ आश्विन ४, शनिबार

काठमाडौं। माछापुच्छ्रे बैंकले दशैं लगत्तै २१औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज २४ गते साधारणसभा बोलाएको हो। साधारणभामा गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै हाल बहाल वाल लेखापरिक्षक जिपी राजवहाक एण्ड कम्पनीलाई नै निरन्तरता दिने बैंकले जनाएको छ। बैंकले मर्जरका लागि आवश्यक प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सधारणसभामा लैजाने भएको हो।
बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ। बोनस शेयर पछि चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो। बोनस शेयर र नगद लाभांस सहित जम्मा एक अर्ब २८ करोड रुपैयाँ वितरण गर्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार