free website hit counter

दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सर एलआइसी नेपाल

beemaadmin
२०७७ माघ १८, आईतवार

काठमाडौं । दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सर एलआइसी नेपालले गर्ने भएकमो छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सहकार्य गर्ने सम्झौता गरेको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा र एलआइसीबीच शुक्रबार सम्झौता पत्र आदान प्रदान भएको हो । सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम फेरिएको छ।

दुवैको सम्झौता भएपछि अब एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड –२०७७ नाम राखिएको छ। टाइटल स्पोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी स्पोन्सरमा जोय पपाया र सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल रहेको छ। यस अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन सहमती भएको छ।

Advertisement
Advertisement

कोरोना महामारीको कारण गत बर्ष स्थगित भएको थियो । देशभर लागेको लकडाउनका कारण यो अवार्ड रोकिएको थियो। अव हुने अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै अवार्ड समारोह भने आगामी फागुन २९ गते हुनेछ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार