free website hit counter

दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने

beemaadmin
२०८३ मंसिर २, मंगलवार

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

Advertisement
Advertisement

कार्कीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको दाबी गर्दै सरकारको निर्णय बदर गरी पुनः आईजीपीकै जिम्मेवारीमा काम गर्न दिन माग गरेका छन्।

Advertisement
Advertisement

उनले मनोज केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयसमेत बदर गर्न माग गरेका छन्। साथै, रिटको अन्तिम टुंगो नलागेसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।

कार्कीले आफ्नो रिटमा अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको पुनर्बहालीसम्बन्धी सर्वोच्च अदालतका पुराना फैसलालाई समेत नजिरका रूपमा प्रस्तुत गरेका छन्।

सोमबारका लागि तोकिएको पेसी छठ पर्वको सार्वजनिक बिदाका कारण सरेपछि बुधबार सुनुवाइ हुन लागेको हो।

सम्बन्धित समाचार