free website hit counter

दिल्ली पुलिसलाई नै घाइते बनाउने २ नेपाली पक्राउ

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौं। दिल्ली पुलिसलाई घाइते बनाएको अभियोगमा भारतको राजधानी नयाँ दिल्लीमा २ जना नेपाली पक्राउ परेका छन् । ती दुई नेपालीले त्यहाँ बेसबलको ब्याटले एक अर्का व्यक्तिलाई कुटिरहेका बेला एक जना पुलिसकर्मीले उनीहरुलाई रोक्न खोज्दा उनीहरुले पुलिसलाई नै घाइते बनाएर भागेको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

पक्राउ परेकाहरु ३० वर्षका बुद्धिमान लामा र २९ वर्षका रंगध्वज वाइवा भएको बताइएको छ । उनीहरु चिराग दिल्लीमा बस्दै आइरहेको पुलिसले जनाएको छ । गएको सेप्टेम्बर २५ मा मालवीय नगर पुलिस स्टेशनमा तैनाथ हेड कन्स्टेबल पवन कुमारले ती दुईजनाले शिवालिक रोडमा एक जनालाई बेसबल ब्याटले कुटिरहेको फेला पारेका थिए ।

कुमारले उनीहरुलाई रोकेपछि उनीहरु एउटा कारमा चढेर भागे । हेड कन्स्टेबल कुमारले उनीहरुलाई भेटेर ड्राइभरलाई समाते उनीहरुले त्यत्तिकै कार दौडाए र हेड कन्स्टेबल कुमार गाडीसँगै घिसारिँदै केही परसम्म पुगे । कुमारले कारमा समाइरहेको हात फुस्किएर खसेपछि उनीहरु कार लिएर भागेका थिए ।

कन्स्टेबल कुमारको बायाँ हात धेरै ठाउाबाट भाँचिएको र अन्य चोट समेत लागेको बताइएको छ । डिसीपी पुलिस (साउथ) अतुल कुमार ठाकुरका अनुसार उनीहरुसँग भेटिएका ५ वटा मोवाइल फोन र कार पुलिसले जफत गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार