free website hit counter

दुर्घटनामा दुई बीमा कर्मचारीको मृत्यु

beemaadmin
२०७७ चैत्र १३, शुक्रबार

काठमाडौं । चितवनको भरतपुरमा कार र ट्रक ठोक्किदा दुई जनाको निधन भएको छ । यसरी दुर्घटनामा ज्यान गुमाउने युनियन लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारी रहेका छन् । भरतपुर महानगरपालिकाको दासढुंगामा भएको दुर्घटनामा युनियन लाइफको दुई जना ब्रान्च म्यानेजरको मृत्यु भएको हो । दुईटनामा कारमा सवार गरिरहेका स्याम्घा नगरपालिका ४ बस्ने २८ वर्षका धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षका रामकृष्ण भुजेलको मृत्यु भएको हो ।
दिउँसो साढे ४ बजे नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले मुग्लिनबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार