free website hit counter

दृष्टिविहीन विद्यार्थीलाई मेगा बैंकको साथ

beemaadmin
२०७६ चैत्र ८, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका काममा अग्रणी मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरे । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले बिभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार