free website hit counter

देउवा समूहले साउन ६ मा छुट्टै बीपी स्मृति दिवस मनाउने

beemaadmin
२०८३ श्रावण ४, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले साउन ६ गते छुट्टै बीपी स्मृति दिवस मनाउने भएको छ। समूहले आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम आयोजना गर्ने निर्णय सार्वजनिक गरेको हो।

कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी दिइएको छ।

Advertisement
Advertisement

देउवा समूहले सोही कार्यक्रममा आगामी राष्ट्रिय भेलाको मिति पनि घोषणा गर्ने तयारी गरेको छ। राष्ट्रिय भेला पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

Advertisement
Advertisement

पछिल्लो समय देउवा समूहको नेतृत्व गर्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित रूपमा समूहका बैठक सञ्चालन गरिरहेका छन्। यद्यपि बीपी स्मृति दिवसको कार्यक्रमको नेतृत्व भने प्रकाशमान सिंहलाई दिइएको छ।

पार्टीभित्र संस्थापन पक्षसँगको दूरी बढिरहेका बेला देउवा समूहले छुट्टै कार्यक्रम आयोजना गर्न लागेको घटनालाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार