free website hit counter

देउसीभैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा तीन युवती पक्राउ

beemaadmin
२०८३ कार्तिक २८, शुक्रबार

रुपन्देही । तिहारको अवसरमा देउसीभैलो कार्यक्रमका नाममा सार्वजनिक रूपमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ।

नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार तीनै जनालाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पुजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको छ।

सम्बन्धित समाचार