free website hit counter

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद जारी गर्ने

beemaadmin
२०८१ फाल्गुन २५, आईतवार

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,विराटनगर,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि गत माघ २२ गते स्वीकृती पाएको थियो । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार