free website hit counter

धनकुटाका गणेशले गरे मलेसियामा प्रेमिकाको हत्या

beemaadmin
२०७७ कार्तिक ३०, आईतवार

काठमाडौं। मलेसियामा एक नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । ती युवक पनि नेपाली नै रहेको पत्तो लागेको छ । प्राप्त सूचनाअनुसार ती युवक गणेशबहादुर कार्की भएको बताइएको छ । उनको घर नेपालमा मुगा–६ धनकुटामा रहेको बताइएको छ ।
मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमी कार्कीले हत्या गरेको खुलेको छ । आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो ।
युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका गणेशलाई अस्पताल पुर्याएको थियो र शवको मुचुल्का बनाएको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार