free website hit counter

धनकुटा काँग्रेसमा भाँडभैलो, सुनिल थापापक्ष कमजोर देखिएपछि अधिवेशन स्थगित

beemaadmin
२०७८ मंसिर ८, बुधबार

धनकुटा । नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ । यसअघि एकपटक स्थगित भइसकेको जिल्ला अधिवेशन मंगलबार बोलाइएको थियो । अधिवेशनमा सहभागी हुन सबै प्रतिनिधिहरु भेला भइसकेपछि अचानक अधिवेशन स्थगित गरिएपछि काँग्रेसका अधिकांश कार्यकर्ताहरु आक्रोशित बनेका छन् । राप्रपाबाट काँग्रेस प्रवेश गरी सभापति शेरबहादुर देउवबाट सहमहामन्त्रीमा मनोनित गरिएका सुनिलबहादुर थापाले आफ्ना प्यानल नजित्ने अवस्था आएपछि सभापति देउलाई हस्तक्षेप गर्न लगाई अधिवेशन स्थगित गरेको सभापतिका प्रत्यासी कमोटकुमार फागो पक्षले आरोप लगाएको छ । आमन्त्रिक केन्द्रीय सदस्य मनोहर नारायण श्रेष्ठ र थापा पक्षका उम्मेदवार जित्ने अवस्था नबनेपछि दिउँसो अचानक निर्वाचन समितिमार्फत् अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । इतिहासमै पहिलो पटक धनकुटाले सहमहामन्त्री पाएको र उनै सहमहामन्त्री थापाको गैर जिम्मेवार कदमले पार्टीमा लोकतान्त्रिक अभ्यास हुन नदिएको भन्दै सो कार्य अविलम्ब नसच्याए संस्थापत पक्ष विरुद्ध आन्दोलनमा जानेबारे छलफल भइरहेको पार्टीका निवर्तमान क्षेत्रीय सभापति एवं काँग्रेस नेतृ इन्दिरा थापाले बताउनुभयो ।

उहाँका अनुसार, आजै तत्काल मीति तोक्नका लागि दबावदिने उद्देश्यले काँग्रेसका स्थानीय नेताहरु सहमहामन्त्री थापाकोमा डेलिकेशन जाने तयारीमा छन् । पार्टीको जिल्ला सभापतिका लागि कोइराला समूहबाट कमोटकुमार फागो मैदानमा उत्रिएका छन् । उनी  पुरानाे संस्थापन निकट रहेको र यसअघि सभापति पदमा झिनो मतले पराजित भएका थिए ।

नेतृ थापाले भनिन्, हाम्रो उम्मेदवारले जित्ने अवस्था आएपछि अलोकतान्त्रिक विधिबाट अधिवेशन स्थगित गरियो यो घटनाको जति विरोध र भत्र्सना गरे पनि कमै हुन्छ । फागोलाई पूर्व सभापति हरिकुमार राई, काँग्रेसका स्थानीय नेताहरु लोकेन्द्रकुमार श्रेष्ठलगायतका नेताहरुको समर्थन छ । काँग्रेसका जिल्ला नेता लोकेन्द्र श्रेष्ठले अधिवेशन स्थगित गर्नु जस्तो लाजमर्दो विषय अर्को नभएको र संस्थापन पक्षको पराजित मानसिकताकै कारण पार्टी लोकतान्त्रिक अभ्यासमा जानबाट बञ्जित गराउन नहुने कुरामा जोड दिनुभयो । अलोकतान्त्रिक निर्णयविरुद्ध जस्तोसुकै कदम चाल्न आफूहरु तयार रहेको बताउनुभयो । स्रोतकाअनुसार निर्वाचन समितिका संयोजकले अधिवेशन स्थगित हिजै जिल्ला छाडेर विराटनगर पुगिसकेका छन् । अधिवेशन स्थगित भएपछि सभापतिका प्रत्यासी फागो पक्षले जारी गरेको विक्षतिमा भनिएको छ :

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार