free website hit counter

धाङ्सीखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले लगानी गर्ने

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

राेल्पा। ऊर्जा क्षेत्रमा लगानी गर्ने अग्रणी वित्तीय संस्था एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा बैंकले उक्त आयोजनाका लागि लगानी लगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

Advertisement
Advertisement

सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीति अन्तर्गत पर्दछ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका र्निवाह गर्दछ । यस आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार