free website hit counter

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका अन्य सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहेका छन्। उक्त जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले दिएका छन्।

सम्बन्धित समाचार