free website hit counter

ध्यान बीचमै छाडेर किन फर्किए अमिर खान

beemaadmin
२०८० बैशाख २९, शुक्रबार

काठमाडौं । बलिउड अभिनेता आमिर खान ध्यान (विपश्यना) बीचमै छाडेर स्वदेश फर्किएका छन्। उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्। उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका हुन्। १० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन्। आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन। आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्येका एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन्।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार