free website hit counter

नगदको जोखिम बहन गर्ने मार्गस्थ नगद बीमा

beemaadmin
२०७७ पुष २६, आईतवार

आजभोलि नगदको कारोबार साँघुरिँदै गएको छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोगले नगद बोक्नु पर्ने अवस्था कम हुँदै गएको छ । तर कतिपय अवस्थामा नगदै नबोकी नहुने पनि हुन्छ । यसरी नगद बोक्नु पर्दाको जोखिम बहन गर्ने बीमा हो मार्गस्थ नगद बीमा ।
हरेक क्षेत्रको जोखिम बहन गर्ने भनेको बीमाले नै हो । आजको समयमा नेपालमा मात्रै होइन सारा विश्वमा आइपर्ने सबैखाले जोखिम बहन बीमाले नै गरेको छ ।
हाम्रो समाजले अझै राम्रोसँग बीमालाई बुझ्न सकेको छैन । बुझेकाहरुले यसको सदुपयोग पनि गरिरहेका छन् । यसै सन्दर्भमा आम जनमानसमा कम जानकारी भएको निर्जिवन बीमाको एउटा पक्ष हो मार्गस्थ नगद बीमा ।
तर धेरै चलनचल्तीमा नरहेको यो बीमा संस्थागत रुपमा कार्यरत कर्मचारीहरुले गर्ने नगद कारोबारको ओसारपसार गर्दा कुनै दुर्घटना, चोरी, लुटपाट भएमा यस बीमाले सुरक्षा प्रदान गर्दछ । यस बीमाको महत्व वित्तीय संस्थाहरुलाई बढी हुँदा हुँदै पनि ज्ञान र प्रचारप्रसारको कमीको कारणले कम चल्तीमा छ ।
बैंकका कर्मचारी, बीमा कम्पनीमा बीमा शुल्कको नगद निक्षेप वा जम्मा गर्न सुरक्षाकर्मीसहित जान्छन् भने सहकारी, बीमा एजेन्ट लगायतका वित्तीय कारोबार गर्ने संस्थाका प्रतिनिधिहरु दैनिक नगदको कारोबार गर्न बाध्य हुन्छन् ।
यस्तो अवस्थामा कुनै घटना घटेमा थोरै तलबमा काम गर्ने कर्मचारीहरुलाई ठूलो आर्थिक बोझ पर्नसक्छ । मार्गस्थ नगद बीमा गरेको खण्डमा बीमकले बीमाङ्क रकम वा त्यहाँ भएको आर्थिक क्षतिको पूर्ति गर्दछ । यसमा परम सद्विश्वासको सिद्धान्त लागू हुन्छ । किनकि नक्कली घट्ना सिर्जना गरेर दाबी भुक्तानी नपरोस् भन्ने यस सिद्धान्तको उद्देश्य हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार