free website hit counter

नबिलका ग्राहकले बैंक धाउनै नपर्ने

beemaadmin
२०७७ बैशाख १७, बुधबार

काठमाडौं । कोरोना महामारीले विश्व समुदायलाई प्रविधिमैत्री बन्न बाध्य बनाएको छ । सबैतिर प्रविधिको प्रयोग गरी  कार्य सञ्चालन गर्ने बानी कोरोना संक्रमणले जुटाएको हो । यही मौकामा नेपालमा सञ्चालित वित्तीय संस्थाहरुले डिजिटल बैकिङलाई महत्व दिइरहेका छन् । यही बेला नबिल बैंकले आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई२नबिल मार्फत हाम्रा ग्राहकवर्गलेनबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् ।

ई२नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भन्छन्, ई२नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन।” नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार