free website hit counter

नबिल बैंकको नाफा ७ अर्ब

beemaadmin
२०८२ श्रावण २७, मंगलवार

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८१–८२ मा खुद नाफा १५.०१ प्रतिशत बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १७।६४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ थियो । सो आधारमा अघिल्लो वर्ष बैंकको लाभांश क्षमता ११.३९ प्रतिशत थियो । गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशत बढेर २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोष ११.८८ प्रतिशत बढेर मा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन १३।५३ प्रतिशत बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ र कर्जा लगानी १०.४९ प्रतिशत बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँ बढेर २६.३४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ४।२७ प्रतिशतमा झरेको छ । बैंकको रिटर्न अन इक्विटी ११.६४ प्रतिशत छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार