free website hit counter

नबिल र ग्लोबल आईएमईबीच नाफामा प्रतिस्पर्धा, अन्य बैंकको अवस्था कस्ताे ?

beemaadmin
२०८० श्रावण २२, सोमबार

काठमाडौँ । २० वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् । आर्थिक वर्ष २०७८र७९ मा बैंकहरूले कूल ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए । कठिन आर्थिक स्थितिका बाबजुद समीक्षा वर्षमा बैंकहरूको कर्जा लगानी र असुली समेत घट्दै गर्दा पनि यस्तो नाफालाई उत्साहजनक नै मान्न सकिन्छ । तथापि, बैंकहरूको खराब कर्जा (एनपीएल) को दर केही बढ्दा बैंकहरू समस्यामा छन् । नाफाको अधिक प्रतिशत खराब कर्जाको सुरक्षणका लागि प्रोभिजनिङ गर्नुपर्दा बैंकहरूको वितरणयोग्य नाफामा भने केही सङ्कुचन आएको छ ।
व्यवसायका हिसाबले दुई ठुला बैंक नबिल र ग्लोबल आईएमई बीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ । आर्थिक वर्षको अन्तसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बढी नाफा कमाएर शीर्ष स्थानमा रहन सफल नबिल बैंकलाई ग्लोबल आईएमई बैंकले पच्छ्याइरहेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकलाई यस वर्ष नबिल बैंकले ७६।८६ प्रतिशत अर्थात् ३ अर्ब २७ करोड ११ लाख २५ हजार रुपैयाँले नाफा वृद्धि गर्दै ग्लोबल आईएमई बैंकलाई उछिनेको हो । आर्थिक वर्ष २०७८र७९ मा नबिल बैंकले जम्मा ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, यस वर्ष पनि आफ्नो तेस्रो र चौथो स्थान कायम गर्दै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले क्रमशः ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ र ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष वाणिज्य बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकहरूले क्रमशः १४।५४ प्रतिशत र १०।३५ प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८० मा ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ७६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १३.१४ प्रतिशतले नाफा बढाएको हो ।
स्ट्यान्र्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतले नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र नाफा आर्जन गरेको बैंकले यो वर्ष ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस्तै, नेपाल बैंक, एनएमबी, एभरेस्ट, हिमालयन, सिद्धार्थ, कृषि विकास, प्रभु, सानिमा, लक्ष्मी–सनराइज, नेपाल एसबीआई, सिटिजन्स् र माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको तुलनामा आकर्षक नाफा वृद्धि गर्दै १ अर्ब ८५ करोड रुपैयाँदेखि ३ अर्ब ४१ करोड रुपैयाँसम्म नाफा कमाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार