काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ ब्रोकर लाइसेन्सका लागि हालसम्म ३२ वटा कम्पनीले सिफारिस लिन निवेदन दर्ता गराएका छन्। यी निवेदनहरुमाथि अध्ययन गरेर आवश्यक ठानेमा मात्रै नेप्सेले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ब्रोकर लाइसेन्स दिनका लागि सिफारिस गर्ने बताइएको छ।नेप्सेले एकैपटक सबै कम्पनीलाई सिफारिस दिने बताइएको छ। सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको छ। आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ। अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ। धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो।
सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।
ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्ने कम्पनीहरु