free website hit counter

नरेफाँटमा सिद्धार्थ

beemaadmin
२०७७ श्रावण १, बिहीबार

काठमाडौं । सिद्धार्थ बैंकले आषाढ ३१ गते बुधबारदेखि काठमाडौं स्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ । सजिलो बैंकिङ्ग सेवा ९शाखारहित बैंकिङ्ग, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३०० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार