free website hit counter

नर्स तनुजा आत्महत्याको वास्तविकता के हो ?

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं। लगातारको लकडाउनले मान्छेमा निराशा छाएको कुरा यस समयमा बढेको आत्महत्या दरले नै देखाएको छ । यसै सिलसिलामा मोरङको उर्लाबारी घर भएकी नर्स तनुजा कार्कीको तेह्रथुममा आत्महत्या गरेकी छिन् । आत्महत्याको कारण उनका प्रेमी भनिएका नुवाकोटका खम्बासिंह तामाङलाइ शंकाकाे  घेरामा प्रहरीले राखेको छ । माङलाई प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनुपर्ने मृतक परिवारको माग रहेको छ । २४ बर्षीया तनुजाको शव १३ जेठमा होटलमा फेला परेको थियो । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रेमी भनिएका ३७ बर्षिय तामाङलाई अनुसन्धानको घेरामा राख्नुपर्ने कारणचाहिँ होटलमा सँगै रहनु रहेको प्रहरीको भनाई छ । ठेकेदार काम गर्ने तामाङ चार दिनदेखि सोही होटलमा बस्नु र तनुजाले पनि विदा लिएर दुई दिनदेखि होटलमा हुनुलाई अनुसन्धानको दायरामा राखेर विश्लेषण गरिएको छ ।
१३ जेठमा दुवै जनाले सँगै खाना खाएको देखिन्छ । तामाङ काममा गए पनि तनुजा होटलमा थिइन् । पछि ढोका फोडेर हेर्दा सलको पासो लगाएर आत्महत्या गरेको देखिन्छ, प्रहरी स्रोतले भन्यो । तामाङको नुवाकोटमा दुईवटी पत्नी रहेको पनि खुलेको छ । १४ दिन म्याद थपी उनीमाथि अनुसन्धान जारी राखिएको छ । ‘मोबाइल कल डिटेल्सलगायत घटनाक्रम र सम्बन्धका विषयमा बयानसहित प्रमाण संकलनका अन्य काम भएका छन् । दोषी हुन् या होइनन् भन्ने अनुसन्धान जारी छ’, स्रोतले भन्यो । तनुजाले केही महिनाबाट उक्त स्थानमा काम गर्न गाह्रो भएको र उक्त स्थानबाट सरुवा गर्न चाहेको परिवारलाई बताएकी थिईन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार