free website hit counter

नविलले २ अर्बको ऋणपत्र ल्याउँदै

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कामशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नबिल बैंकले ऋणपत्र निष्काशनको लागि माघ ६ गते सोमबार अनुमति पाएको हो । नबिल बैंकले वार्षिक दश प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । ऋणपत्र निष्काशन गर्न बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ । निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरूलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार