free website hit counter

नागरिक लगानी कोषको नाफा घट्यो

beemaadmin
२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कर खर्च बढेका कारण कोषको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २।७२ प्रतिशत बढेको छ। नाफासँगै कोषको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ। ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार