free website hit counter

नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

beemaadmin
२०७६ मंसिर ८, आईतवार

काठमाडौँ । नागरिक लगानीकोषको खुद नाफामा १४ प्रतिशतभन्दा बढीको सुधार देखिएको भए तापनि चुक्ता पुँजी बढेका कारण प्रतिसेयर आम्दानीमा भने कमी आएको छ ।
सीआईटीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो तीन महिनाको प्रतिवेदनमा खुद नाफा १२ करोड ११ लाख देखाएको छ । तर आर्थिक वर्ष २०७४–७५ बाट २२ प्रतिशत बोनस वितरण गरि चुक्ता पुँजी बढाएको कारण प्रतिशेयर आम्दानीमा भने तीन रुपियाँको गिरावट सहित ४४ रुपियाँ कायम भएको छ ।
सीआईटीलेको चुक्ता पुँजी एक अर्ब १० करोड २३ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा चार अर्ब ६७ करोड ८८ लाख रुपियाँ सञ्चित रहेको देखाइएको छ ।
सीआईटीको प्रतिशेयर नेटवर्थ २१२ रुपियाँ रहेको छ भने कोषको खुद कोष मौज्दातमा एक खर्ब २८ अर्ब १४ करोड ९३ लाख रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार