free website hit counter

नाफामा उक्लिँदा पनि आयल निगमले घटाएन इन्धनको मूल्य

beemaadmin
२०७९ कार्तिक १८, शुक्रबार

काठमाडौं । घाटा पूर्ति गर्ने भन्दै घटेर आएको इन्धनको मूल्य पुरानै कायम गरेको निगम नाफामा उकालो लाग्यो तर उपभोक्ताको पसिना चुस्न भने छाडेको छैन । नेपाल आयल निगमलाई १५ दिनमा १८ करोड नाफा रहने भएपनि नेपाल आयाल निगमले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ । भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई आगामी पाक्षिक अवधि ९१५ दिन० मा १८ करोड नाफामा रहने भएको छ । हालै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य तत्काल घटाउन नसकिने बताएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार