free website hit counter

नाबालक दुई सन्तानसहित किन त्रिशुलीमा हाम्फाले एक जोडी

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौं । दुई सन्तानसहित त्रिशुलीमा हामफालेको एक दम्पत्तिमध्ये एकजनाको जीवितै उद्दार गरिएको छ । ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको जीवितै उद्धार गरिएको छ भने उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको थिए जसमध्ये दुई छोराको अवस्था अझै अज्ञात रहेको छ ।
पानी परिरहेको र त्रिशुली नदीमा पानीको बहाव बढी हुनाका साथै धमिलो पनि रहेका कारण हराइरहेका दुई जनाको खोजीमा समस्या भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित ससुराली पुगेर जानका लागि काठमाडौंबाट गएका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यापारमा ठूलो घाटा भएपछि लामिछाने परिवार तनावमा थिए । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सकुसल उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार