काठमाडौं । नेपाल निर्यात परिषदका अधक्ष हरिबहादुर कार्कीसहितको एक प्रतिनिधिमण्डलले उद्योग ,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटी विद्यमान अवस्थामा समग्र निर्यातजन्य बस्तुहरुको उत्पादन तथा निकासी कार्य तथा सम्पूर्ण उद्योग व्यवसायमा पु¥याएको असरका साथै निर्यात अभिबृद्धिको लागि सरकारको तर्फबाट गरिनुपर्ने आवस्यक व्यवस्थाका सम्वन्धमा ३१ बुँदे राय तथा सुझावहरु पेश गरियो । परिषदवाट पेश गरिएको राय तथा सुझाव तथा समस्याहरुको बारेमा सरकारको तर्फवाट गम्भिर रुपले छलफल गरि सोको समाधानका लागि सरकारको तर्फबाट उचित कदम चालिने भन्ने कुरा मन्त्री भट्टले जानकारी गराउनु भयो ।
परिषदको प्रतिनिधिमण्डलले अर्थसचिव शिशिरकुमार ढुङ्गाना ,उद्योग वाणिज्य तथा आपूर्ति सचिव द्वय डा. वैकुण्ठ अर्याल र चन्द्रकुमार घिमिरेसँग पनि भेट गरी परिषदबाट पेश गरिएको राय तथा सुझावहरुलाई कार्यान्वयनमा लैजान नितान्त जरुरी रहेको कुरा अनुरोध गरिएकोमा सचिवद्वयले निर्यात प्रवद्र्धनबाट नै राष्ट्रिय अर्थतन्त्र सवल हुने भएको हुँदा निर्यात प्रवद्र्धका लागि सरकारको तर्फबाट सक्दो सहयोग उपलव्ध गराउने समेत जानकारी गराउनु भयो ।
उक्त अवसरमा परिषदका अध्यक्षबाट कोभिड १९ भाईरसबाट निर्यातजन्य उद्योग, व्यवसायसँग आश्रीत श्रमिकलगायत सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्ने मजदुरहरुलाई वैशाख १ देखि २० गतेसम्म विहान बेलुकाको खानालगायत राहत स्वरुप २ सय ७ जनालाई चामल, दाल, तेल, नुन, तरकारी, मास्क, पन्जा आदि वितरण गरिएकोसमेत जानकारी गराउनु भएकोमा मन्त्री भट्ट र सचिवद्वयले नेपाल सरकारको तर्फबाट नेपाल निर्यात परिषदलाई धन्यवाद ज्ञापन गर्दै खुसी प्रकट गर्नु भयो ।